शिक्षा

प्राविधिक शिक्षा सञ्चालनका लागि पहल

दार्चुला । प्रदेश नंं ७ का उपसभामुख निर्मला बडालले प्रदेशका सबै जिल्लाका क्याम्पसमा प्रविधियुक्त शिक्षा सञ्चालनका लागि विशेष पहल गरिने बताएका छन् ।

सदरमुकाम खलंगास्थित दार्चुला बहुमुखी क्याम्पसको १५ औँ वार्षिकोत्सव तथा मुखपत्र ‘स्पन्दन’ लोकार्पण कार्यक्रममा उनले विद्यार्थीको मनोविज्ञान र क्षमतानुसारको शिक्षा सञ्चालनका लागि प्रदेश सरकारले शिक्षा नीति अवलम्वन गर्न लागेको बताए ।