स्वास्थ्य

अपांगता भएका मानिसलाई ह्विलचेयर वितरण

इटहरी । नेपाल चेलीबेटी अपांग महिला समाज इटहरीलाई युनाइटेड मिशन टू नेपालले अपांगता भएका मानिसलाई वितरणका लागि २० थान ह्विलचेयर शनिबार प्रदान गरेको छ ।

विशेषगरी जिल्लाभरि अपांगता भएका मानिसलाई ह्विलचेयर वितरण गर्ने कार्यक्रमअन्तर्गत यो ह्विलचेयर वितरणका लागि नेपाल चेलीबेटी अपांग महिला समाज इटहरीलाई प्रदान गरिएको युनाइटेड मिशन टू नेपालका पुनस्र्थापना संयोजक दामोदर पण्डितले बताए ।

युनाइटेड मिशन टू नेपालले यसअघि नेपालको मुगु, बझाङ, डोटी, रुकम, धादिङ, सुनसरी र रुपन्देही जिल्लाका अपांगता भएका व्यक्तिलाई हिँड्डुलका लागि सहयोग पु¥याउने उद्देश्यले १६० वटा ह्विलचेयर प्रदान गरिसकेको पनि उनले जानकारी दिए ।

युएमएनको सहयोगमा चाँडै नै सुनसरी जिल्लाका दक्षिणी हरिनगरा गाउँपालिका क्षेत्रका २० जना अपांगता भएका व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यले बीस वटा ह्विलचेयर वितरण गर्ने तयारी भइरहेको नेपाल चेलीबेटी अपांग महिला समजकी अध्यक्ष दिलकुमारी तामाङले जानकारी दिए ।

उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटीकी केन्द्रीय उपाध्यक्ष एवम् समाजसेवी सरला कायस्थले मानिसको चिन्तन स्वस्थ हुन जरुरी छ भन्नुहुँदै शरीर अपांगता भयो भनेर कसैले पनि आफूलाई हेलाभावले हेर्न नहुने विचार राखे ।