काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सुनकाण्डका ठूला माछा बौरिहरका बताएका छन् । बुधबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले साना माछाको बयान अन्तिम चरणमा रहेकाले ठूला माछा बौरिरहेको बताएका हुन् ।
आफ्नो सयदिने कार्यकालबारे जानकारी दिदैँ गृहमन्त्री थापाले सुन तस्करी काण्डमा नयाँ नयाँ त्थ्यहरु खुलिरहेको बताए । अनुसन्धान जारी रहेको भन्दै थापाले भने, ‘माछा मार्न क्रम जारी छ । साना र मझौला माछा परेका छन्’ उनले भने ‘अनु्सन्धान जारी छ । त्यसैले आशा गरौं ठूला माछा पनि पर्न सक्छन् ।’
साथै उनले सुन तस्करीको अनुसन्धान गर्न गठित समितिको म्याद थपिने बताए ।