प्रदेश 1

उन्नाइस किलोको मूर्ति दान

मंगलबारे, इलाम । इलामका समाजसेवी डम्बर खड्काले माइजोगमाई गाउँपालिकामा रहेको एक मन्दिरलाई १९ किलो ग्रामको धातुको मूर्ति प्रदान गरेका छन् ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका उनले माइजोगमाई गाउँपालिका–१ नयाँ बजारमा रहेको बालागुरु शिवालय धामलाई सो मूर्ति दान गरेका हुन् ।

करीब रु एक लाख १० पर्ने मूर्ति उनले मन्दिर व्यवस्थापन समितिका सहसचिव शिव निरौलालाई प्रदान गरेका छन् । मन्दिरलाई मूर्ति दान गर्न पाएकोमा खुशी व्यक्त गर्दै खड्काले मन्दिरलाई आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मन्दिरका सचिव याम रसाइलीले खड्काले गरेको मूर्ति दानले आफूलाई थप काम गर्न हौसला मिलेको बताए । इलामको रेडियो चियाबारीका अध्यक्ष समेत रहका खड्काले जिल्लामा रहेका विभिन्न मठ मन्दिर, चर्च, गुम्बाका साथै असाहय असत्तलाई समेत सहयोग गर्दै आएका छन् ।