लुम्बिनी

लुम्बिनी अस्पतालको बोलपत्र आह्वान स्थगन

बुटवल । लुम्बिनी अञ्चल अस्पताल, बुटवलको व्यावसायिक सटर भाडामा दिन भएको बोलपत्र स्थगन भएको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निजी सचिवालयले, लुम्बिनी अञ्चल अस्पताललाई पत्राचार गर्दै व्यावसायिक सटरको टुंगो प्रदेश सरकारबाट नै लगाउन हुन निर्देशानशुसार अनुरोध गरेपछि बोलपत्र स्थगित भएको हो ।

देश प्रादेशिक संरचनामा अगाडि बढिरहेको अवस्थामा अञ्चल अस्पतालबाट सञ्चालन गर्ने, सेवा थप गर्ने र आधिकारिक सेवा प्रर्वाह गर्ने दायित्व समेत सम्बन्धित प्रदेश सरकारलाई स्वतः जाने हुँदा प्रक्रियामा रहेको सटरको बोलपत्र प्रदेश सरकारको समन्वयमा गर्न अस्पताललाई भनिएको पत्रमा उल्लेख छ ।

लुम्बिनी अञ्चल अस्पताल, बुटवलका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्ण खनालले सरकारले पत्राचार गरेपछि मात्रै प्रदेश सरकारसँग समन्वय भएको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयसँग बोलपत्रका लागि पत्राचार गरिएको बताए ।

उनले भने– “पहिले हामीलाई जानकारी भएन र समन्वय गरिएन । अहिले प्रदेश सरकारसँग समन्वय गरिएको छ । सो पत्र प्रदेश नं– ५ का सामाजिक विकास मन्त्रालयलाई पनि बोधार्थ पठाइएको छ ।”

विवादास्पद सो व्यावसायिक सटरमा अहिले खास गरी औषधि व्यवसायी लगायतले महँगो पैसा तिरेर औषधि पसल सञ्चालन गर्दै आएका छन् । उनीहरुले रु ५० हजारदेखि रु तीन लाख ५० हजारसम्म मासिक भाडा शुल्क तिर्दै आएका छन् । करीब ७० व्यावसायिक सटरका विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ ।

 

 

 

 

 

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.