बाग्मती

दशनामी सङ्घीय संरचनामा

भक्तपुर । देश सङ्घीय संरचनामा गएपछि नेपाल दशनामी समाज केन्द्रीय कमिटीले आफ्ना संरचनालाई सङ्घीय ढाँचामा लैजाने भएको छ । केन्द्रीय, अञ्चल र जिल्ला कमिटीको संरचनाको नेपाल दशनामी समाजले अब प्रदेश कमिटी गठन गर्ने भएको छ । समाजले यही भदौ ११ गते काठमाडौँमा प्रदेश नं ३, युवा र महिला भेला गरिने केन्द्रीय अध्यक्ष रञ्जनकुमार गिरीले जानकारी दिए । त्यसले नयाँ समिति बनाउनेछ ।

त्यस्तो समिति सबै प्रदेशमा बनाईने समाजले जनाएको छ । सो भेलामा अपाङ्गता भएका व्यक्ति (दशनामी) लाई उच्च शिक्षा अध्ययन गर्न रु २५ हजारसहित सम्मान गरिने छ । दशनामी समाजमा गिरी, पुरी, भारती, वन, सागर, सरस्वती, आरण्य, तीर्थ, पर्वत र आश्रम रहेका छन् ।