समाचार

निर्मला पन्त हत्याकाण्डले लियो नयाँ मोड, बम दिदीबहिनीलाई आफ्नै घरबाट हतकडी

काठमाडौं । निर्मला पन्त हत्या काण्डले उग्र रुप लिईरहेका बेला बम दिदीबहिनी आफ्नै घरबाट पक्राउ परेका छन् । बबिता बम र आँचल भनिने रोशनि बमलाई शनिबार प्रहरीले अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

निर्मला कञ्चनपुर भीमदत्तपन्तनगर १८ स्थित बम निवासबाट गृहकार्य गरेर फर्किदा बेपत्ता भएकी थिईन तर पछि बलात्कारपछि हत्या भएको अवस्थामा उनी फेला परेकी थिईन । पहिले बम निवासमा बबिता र रोशनि मात्रै बस्दथे । निर्मलाको हत्याकाण्डपछि दार्चुलामा बस्दैँ आएका दिदीबहिनीका बाबुआमा पनि सँगै बसेका छन् ।

प्रहरीले दिएकोे प्रारम्भिक जानकारी अनुसार घटना घटेको दिन अर्थात साउन १० गते साझँ ५ बजे निर्मलाकी आमा उनको खोजतलास गर्न बम निवास पुगेकी थिईन् । निर्मलाबारे बम दिदीबहिनीलाई सोध्दा उनी दुई बजे नै यहाँबाट गएको भनि बताएकी थिईन ।

अहिले सम्म घरमा किन आईनन त भन्दा बम दिदीबहिनी मध्ये दिदी रोशनीले ‘पोईल गई होला’ नी भनेर जवाफ दिएकी बताईकी थिईन । भोली पल्ट बिहानैँ त्यतैको उखुबारीमा निर्मलाको साईकल भेटिदाँ पनि बबिताले लास पनि त्यतै होला भनेको खुलेको छ ।

एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिजमाथि पिडित परिवारको गम्भीर आशंका रहेको छ । स्थानियबासीहरुका अनुसार एसपी बिष्टका छोरा बम दिदीबहिनीलाई भेट्न बेलाबेलामा उनीहरुको घरमा आउने गर्दथे ।