समाचार

बादललाई प्रधानमन्त्री ओलीको ठाडो निर्देशनः मेयरका भतिजा र एसपीका छोरालाई तत्काल पक्राउ गर्नुहोस्

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शंकास्पद व्यक्तीलाई पक्रन ठाडो निर्देशन दिएका छन् । निर्मला प्रकरणमा शंकास्पद मानिएका एसपी डिल्लीराज बिष्टका छोरा र मेयर सुरेन्द्र बिष्टका भतिजालाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री ओलीले गृहमन्त्री राम बहादुर थापा बादललाई शनिबार निर्देशन दिएका हुन् ।

नेकपाको सचिवालय बैठकमा बोल्दैँ निर्मला हत्याको आंशकाको घेरामा रहेका यी दवै जनालाई तत्काल पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएका निर्देशन गरेका छन् ।

कञ्चनपुरका स्थानीयबासीहरुका अनुसार एसपीका छोरा र मेयरका भतिजा बेलाबेलामा बम दिदीबहिनीलाई भेट्न आउने गर्दथे । यी चारैँ जनालाई नै पक्राउ गर्न स्थानीयको माग गरेका थिए ।

प्रधानमन्त्री निर्देशन लगत्तैँ बम दिदिबहिनी रोशनी र बविता पक्राउ परिसकेका छन् भने मेयरका भतिजा र एसपीका छोरा पक्राउको तयारी गरिएको छ ।