शिक्षा

ग्रेस इन्टरनेशनलले भाद्र १३ गतेदेखि अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्ने

काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको ग्रेस इन्टरनेशनलले भाद्र १३ गतेदेखि बृहद अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना हुदैछ। ग्रेस इन्टरनेशनल को आयोजमा मा यहि भाद्र १३ गते बुटवल १४ गते चितवन १५ गते पोखरा र १७ गते काठमाडौंमा बृहद अष्ट्रेलियन शैक्षिक मेला हुदैछ ।

कक्षा १२ उत्तिर्ण गरेका ब्याचलर मास्टर गर्न विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा ग्रेस इन्टरनेशनलका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदातृहरु द्वारा करियर काउन्सेलिङ सँगै ABROAD STUDY का विविध विषयमा परामर्श दिन यो शैक्षिक मेला आयोजना गरिएको हो ।

‘ग्रेस इन्टरनेशनलले गर्ने शैक्षिक मेला अन्य शैक्षिक संस्थाले गर्ने भन्दा बृहद र फरक हुनेछ । हाम्रो शैक्षिक मेलाले विद्यार्थीलाई विदेश जान प्रेरित गर्ने मात्र हैन, विद्यार्थीको करियर डेभलपमेन्ट कसरी गर्ने भन्ने विषयमा हुनेछ ।

यस पटकको शैक्षिक मेलालाई प्रविधिमैत्री बनाउदै, पेपरको प्रयोगमा कमि ल्याउने छ साथै विद्यार्थीलाई ब्द्यच्इब्म् क्त्ग्म्थ् का विषयमा प्रष्ट रुपमा बुझाउन डिजिटल प्रविधिको प्रयोग, शैक्षिक क्षात्रवृति, मेला स्थल मै भर्ना, विभिन्न ब्याङ्कहरुले दिने शैक्षिक ऋण, सिप संगै, नेतृत्व बिकाश सम्बन्धि कार्यशाला यस पटक शैक्षिक मेलाको बिशेष आकर्षणको रूपमा रहनेछ ।

यस शैक्षिक मेलामा अष्ट्रेलियाका २० भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुको प्रत्यक्ष सहभागिता रहनेछ, जहाँ विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुले विद्यार्थीको शैक्षिक आर्थिक, भाषिक योग्यता हेरेर काउन्सेलिङ गर्नेछन् ।

शैक्षिक मेलामा विद्यार्थीले अष्ट्रेलियन शिक्षा, त्यहाँका विश्वविद्यालय, कलेजका बारेमा जानकारी पाउनेछन् भने, IELTS मा कसरी उच्च अंक ल्याउने तथा करियर निर्माणमा कस्ता विषय अध्ययन गर्न सकिन्छ भन्ने परामर्श लिन सक्नेछन् । यसका अलावा विद्यार्थीले अष्ट्रेलियाको भिजा प्रक्रिया, लागत, त्यहाँका कलेज तथा विश्वविद्यालयले दिने छात्रबृत्तिका बारेमा पनि विशेष जानकारी हासिल गर्न सक्नेछन् ।