समाचार

यसबर्षको मदन पुरस्कार निहारिकाको नाममा !

काठमाडौं । मदन पुरस्कार गुठीले यसबर्षको मदन पुरस्कार पाउनेको नाम सार्वजनिक गरेको छ । सोमबार बसेको गुठीको बैठकले यसबर्षको मदन पुरस्कार निलम कार्की निहारिकाको योगमाया उपन्यासलाई प्रदान गर्ने निर्णय गरेको छ ।

गुठीले जारी गरेको विञप्ती अनुसार उत्कृष्ट ८ मा ध्रुवसत्य परियारको कैरन, सरस्वती प्रतीक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, यज्ञशको भुइँया, नयनराज पाण्डेको यार, नीलम कार्की निहारिकाको योगमाया, राज माङलाकको लुम्बिनी गाउँ र मोहन वैद्यको हिमाली दर्शनमध्येबाट मदन पुरस्कारका लागि योगमाया छनोट भएको छ ।

२०७४ को जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार र जगदम्बा श्री दुबै पुरस्कारको राशी जनही २ लाख रुपैयाँ रहेको छ ।

२०७४ सालमा नेपालमा प्रकाशित भएका २ सय ५३ पुस्तकमध्येबाट गुठीले मदन पुरस्कारका लागि ८ पुस्तकको नाम सार्वजनिक गरेको थियो ।