राजनीति

माधव नेपालको ठोकुवाः पाँच बर्षसम्म यो सरकारलाई कसैले हल्लाउन सक्दैँन, ओलीजीसँग मेरो गजबको केमेस्ट्री मिलेको छ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले आफू प्रधानमन्त्री बनाउन तत्कालिन समयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै भूमिका नखेलेको बताएका छन् । एक टेलिभिजन अन्तरवार्तामा नेता नेपालले अध्यक्ष दाहालले त्यति खेर आफू नेतृत्वको सरकारलाई कठपुतली सरकारको आरोप समेत लगाएका बताएका हुन् ।

‘मलाई प्रधानमन्त्री बनाउन प्रचण्डको कुनै भूमिका छैन ।, वरिष्ठ नेता नेपालले भने, म प्रधानमन्त्री भएको भोलिपल्टै राजिनामा देउ, कठपुतली सरकार, रिमोट कन्ट्रोलबाट सरकार चलेको छ भनेर प्रचण्डजीले भन्नुभएको थियो अनि उहाँले कसरी मलाई सहयोग गर्नुभयो त ?’

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो केमेष्टी मिलेको बताउदैँ ओली नेतृत्वको यो सरकारले पाँच वर्षनै सरकारको नेतृत्व गर्ने दाबी समेत गरेका छन् । वर्तमान सरकारको काम गराईएको मूल्याङ्कन गर्ने बेला नभएको नेता नेपालको भनाई छ ।

ओलीजी नेतृत्वको सरकारको काम गराईको अहिले विरोध गर्ने बेला होईन, उनले भने,‘ ६ महिना त सरकारको सुरुवातमात्रै हो, अहिले नै राजिनामा माग्नु गलत छ । सरकारले काम गर्छ । सरकारको मुल्यांकन त एक वर्षपछिमात्रै गर्ने हो ।’