अन्तर्राष्ट्रिय

कालो झण्डाको डरले भारतीय प्रधानमन्त्री मोदीले यस्तोसम्म गरे !

काठमाडौं । चौँथो बिमिस्टेक सम्मेलनमा सहभागी हुन काठमाडौंमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार स्वदेश फर्किने भएका छन् । उनी त्यहाँ फर्केलगत्तै ५ सेप्टेम्बरमा राजस्थानको जयपुरमा एक र्यालीमा सहभागी हुने भएका हुन् ।

उक्त ‍र्‍यालीमा सहभागी हुने सबैलाई गजबको नियम लागू हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाईने डरले उक्त कार्यक्रममा सहभागी हुने सबैलाई कालो पहिरन प्रतिबन्ध लगाइएको छ । उनको कार्यक्रममा सहभागी हुनेहरुलाई कालो रंगको कपडा, कालो जुत्ता, कालो मोजा र कालो रङको बेल्टसम्म लगाउन प्रतिबन्ध लगाइएको हो ।

प्रधानमन्त्री मोदीले सो कार्यक्रममा राज्य स्तरका उत्कृष्ट शिक्षकहरुलाई सम्मान गर्नेछन् । शिक्षा विभागले गरेको उक्त निर्देशनको चौँतर्फी विरोध गरिएको छ । तर निर्देशन लिखित नभएपनि मौखिक निर्देशन लागू हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।