कर्णाली प्रदेश

कलाकार धामीको निधन

सुर्खेत । कर्णालीका चर्चित कलाकार ‘लोकतान्त्रिक धामी’ तिलकप्रसाद चौलागाईको अल्सरबाट निधन भएको छ । तातोपानी गाउँपालिका–५ लाम्रा निवासी ६१ वर्षीय चौलागाईको उपचारका क्रममा बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा निधन भएको हो ।

जुम्लाबाट बाजुराको बडिमालिकाको तीर्थ दर्शनमा हिँड्ेका उनी फर्कंदा मुगु र जुम्लाको सिमानाको कालाकाँडा लेकमा बिरामी भएपछि उपचारार्थ अस्पतालमा ल्याइएको थियो ।

लोकतान्त्रिक नाचबाटै सामाजिक कुरीति र कु–संस्कारविरुद्ध जनतालाई सचेतना जगाउँदै आएका उनी दुई दशकदेखि कला क्षेत्रमा क्रियाशील थिए । उनका दुई छोरा, चार छोरी छन् । उनको आजै जुम्लामा दाहसंस्कार गरिएको छ ।