पु.समाचार

ओली मोदी भेटवार्ताः रेलको समझदारीमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । र्चौँथो बिमस्टेक सम्मेलन समापनपछि ओली र उनका भारतीय समकक्षी मोदीबीच छुट्टाछुट्टै भेटवार्ता भएको हो । शुक्रबार भएको भेटवार्तामा रेलको विषयमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

दुवै देशका प्रधानमन्त्रीले सो सम्झौँतामा यसअघि नै सैद्धान्तिक प्रतिबद्धता जनाइसकेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार यस विषयलाई यस समझदारीले व्यावहारिक तहमा गति दिन लागेको हो । भारतसँग रेल जोड्ने कुरा यसअघि संयुक्त वक्तव्यमा उठेको थिए ।

तर प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्भे नाम दिइने उक्त अध्ययन एक प्रकारको पूर्वसम्भाव्यता अध्ययन हुने र त्यसले भारत जोड्ने रेलको आधारभूत प्रकृति निर्क्यौल गर्ने नेपालको रेल विभागले जनाएको छ ।