अन्तर्राष्ट्रिय

पूर्वराष्ट्रपति लुला निर्वाचन लड्न नपाउने

साओ पाउलो । ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासिओ लुला डा सिल्भालाई निर्वाचन लड्न प्रतिवन्ध लगाइएको छ ।

ब्राजिलको निर्वाचन अदालतले शुक्रबार उनीलाई दोषी ठहर गर्दै निर्वाचन लड्न नपाउने निर्णय सुनाएको अधिकारीले जनाएका छन् ।

आउदो अक्टोबरमा हुने तय गरिएको राष्ट्रपतीय निर्वाचनमा उनले भाग लिन नपाउने भएपछि ब्राजिलको राजनीतिमा नयाँ तरङ्ग फैलिएको छ ।

पूर्वराष्ट्रपति ७२ बर्षीय लुलालाई भ्रष्टाचारको आरोप लगाइएको छ भने, त्यही आरोपका कारण उनलाई निर्वाचन लड्न प्रतिवन्धल लगाइएको हो । उनको पार्टीले यही अगष्ट १५ मा उनलाई राष्ट्रपतिको रुपमा उम्मेदवारी दर्ता गराएको थियो ।

ल्याटिन अमेरिकी देशमध्ये सबैभन्दा ठुलो अर्थतन्त्र भएको देश ब्राजिलमा उनी निकै लोकप्रिय नेता मानिन्छन् ।

सन् १९४५ को अक्टोबर २७ मा लुला ब्राजिलको गरिव किसान परिवारमा जन्मिएका थिए ।

उनी १४ वर्षकै उमेरमा मेटल वर्कस युनियनको अध्यक्ष बन्नु भएको थियो भने सन् २००३ मा ब्राजिलको पहिलो बामपन्थी राष्ट्रपतिमा निर्वाचित भएका थिए । –रासस/एएफपी