साहित्य

पूर्वबैंक प्रशासक समेत रहेका साहित्यकार श्रेष्ठ अब रहेन

काठमाडौँ । वरिष्ठ साहित्यकार तथा गोपीकृष्ण श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ । उनी वरिष्ठ कवि विमल निभाका पिता हुन् । श्रेष्ठका कथा सङ्ग्रह, अनुवाद र बैंकिङसम्बन्धी निबन्ध प्रकाशित छन् ।

कवि निभाले आफू क्यानाडाबाट फर्कंदै गर्दा यही भदौ १६ गते पिताको निधन भएको बताए । श्रेष्ठ नेपाल बैंक लिमिटेडको उपमहाप्रबन्धक थिए । केही समय कामु महाप्रबन्धक पदमा काम गरेपछि सोही पदबाट उनले अवकाश लिएका थिए । श्रेष्ठका तीन छोरा तीन छोरी छन् । पछिल्लो समय उनी कान्छा छोरा विजय श्रेष्ठका साथ धुम्बाराहीस्थित निवासमा रहेका थिए। कवि विमल निभा उनका माहिला छोरा छन् ।