अन्तर्राष्ट्रिय

सैनिक मारिए

काबुल । पूर्वी अफगानिस्तानमा सोमबार अमेरिकाआवद्ध नेटो संयुक्त बलका एक अमेरिकी सेनाको आन्तरिक आक्रमणमा परी मृत्यु भएको संयुक्त गठबन्धन सेनाले मङ्गलबार जानकारी दिएको छ ।

‘अफगानिस्तान मिसन’ मा स्वयमसेवीको रुपमा कार्यरत आफ्ना सदस्यले ज्यान गुमाएको रेसोलुट सपोर्ट ९आएएस० का कमाण्डर जनरल स्कट मिलरले संयुक्त गठबन्धनका तर्फबाट जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानमा यस वर्ष हालसम्म छ जना अमेरिकी सेनाले आन्तरिक आक्रमणमा ज्यान गुमाएका छन् । विज्ञप्तिमा सोही घटनामा घाइते भएका अर्का नेटो सैनिकको अवस्था स्थिर रहेको जनाइएको छ ।

गठबन्धन सेनाविरुद्ध यस प्रकार भइरहेका आन्तरिक आक्रमणहरुको तालिबान आतङ्ककारी समूहले जिम्मेबारी लिँदै आएकोछ ।

गत जुलाई ७ मा अफगानिसतानको दक्षिणी प्रान्त उरुज्गानमा भएको एक यस्तै आक्रमणमा एक अमेरिकी सैनिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका थिए ।

सन् २०१४ को डिसेम्बरको अन्त्यबाट नै अफगानिस्तानमा रहेका नेटो सेनाले प्रत्यक्ष युद्धबाट आफूहरु अलग रहने घोषणा गरेका थिए । अफगानिस्तानमा करिब १३ वर्षसम्म अमेरिकी नेतृत्वको नेटो सेनाले प्रत्यक्ष युद्ध लडेको थियो ।

यद्यपी करिब १६ हजार विदेशी सेना अझै पनि अफगानिस्तानमा तैनाथ छन् । ती सेनाले अफगान सुरक्षाकर्मीलाई तालिम, परामर्श र आतङ्ककारीसँगको युद्धमा अप्रत्यक्ष सहायता गरिरहेका छन् । –एजेन्सी