काठमाडौं । केही दिन अगाडी भारतको राजधानी नयाँदिल्लीबाट पक्राउ परेका गुण्डा नाईके दावा लामाका सहयोगी सत्यामान लामा पक्राउ परेका छन् । ज्यान मार्ने धम्की दिएको भन्दैँ उनलाई राजधानीको ठमेलबाट नियन्त्रणमा लिईएको हो ।
प्रहरीका अनुसार उनले काभ्रेका मानबहादुर तामाङलगायतलाई गालीगलौँज गर्दै हातखुट्टा भाचेर ज्यान मार्ने धम्की दिएका थिए ।
दावा लामाको ‘मुन्सी’को रुपमा काम गर्दै आएका सत्यमान लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेपछि दुई महिना अगाडी पनि पक्राउ परेका थिए ।