आर्थिक

ज्योतिको नयाँ शाखा जनकपुर र गोलबजारमा

काठमाडौं । ज्योति विकास बैंकले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । जनकपुर उप—महानगरपालिका वडा नं ९, जनकपुर, धनुषामा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति जनकपुर उप—महानगरपालिकाका मेयर लाल किशोर शाह, नेपाल राष्ट्र बैंक जनकपुर कार्यलयका निर्देशक नरेश शाक्य तथा बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारी द्वारा एक कार्यक्रमका बिच भाद्र २० गतेका दिन संयुक्त रुपमा उद्घाटन गरे ।

आजै गोलबजार नगरपालिका वडा नं ६, गोलबजार, सिरहामा रहेको नयाँ शाखा प्रमुख अथिति गोलबजार नगरपालिकाका मेयर देबनाथ शाह ज्यु तथा बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारीद्वारा संयुक्त रुपमा उद्घाटन गरे ।

हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा ATM मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. २० अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६ अर्व लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट सैद्वान्तिक सहमति प्राप्त गरि प्रक्रिया अगाढि बढाइरहेको छ ।