साहित्य

विभिन्न भाषामा २७ कृतिको अनुवाद

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान अनुवाद विभागले २७ कृतिको विभिन्न भाषामा अनुवाद गरेको छ । विसं २०७१ भदौ २० गते गठन भएको यस पटकको प्राज्ञ परिषद्ले आफ्नो चार वर्षको अवधिमा विभिन्न भाषामा कृति अनुवाद गरेको हो । प्रतिष्ठानले ‘अनुवादक परिचय कोष’, ‘रनमाया उपन्यास’ अङ्ग्रेजी भाषामा अनुवाद, ‘संस्कृतिका पौराणिक आख्यानहरु’ नेपाली अनुवाद, ‘देवदास उपन्यास’ नेपाली अनुवाद, ‘रवीन्द्रनाथ टैगोर की प्रतिनिधि कहाँनिया’ नेपाली अनुवाद, ‘सार्क मुलुकका महिला कथाकारका कथा’ नेपालीमा अनुवाद गरेको छ ।

‘विश्वका प्रसिद्ध कथाकारहरुका कथा’ नेपाली अनुवाद, ‘विश्वका प्रसिद्ध महिला कथाकारका कथाहरु’ नेपाली अनुवाद, ‘द रिभल मर्निङ’ अङ्ग्रेजी अनुवाद, ‘भोजपुरी उपन्यास’ नेपाली अनुवाद, ‘बाबु आमा र छोरा उपन्यास’ हिन्दी अनुवाद, ‘नेपाली हाँस्य ब्यङ्गका प्रतिनिधि कविताहरु’ हिन्दी अनुवाद, ‘मन्नु भण्डारीका प्रतिनिधि कविताहरु’ नेपालीमा अनुवाद गरिएको छ ।

यसैगरी ‘सुकर्म उपन्यास’ हिन्दी अनुवाद, ‘चम्पा उपन्यास’ हिन्दी अनुवाद, ‘अनुराधा उपन्यास’ हिन्दी अनुवाद, ‘विलियम शेक्सपियरका नाटक’ नेपाली अनुवाद, ‘नेपाली र हिन्दीका प्रतिनिधि कविताहरु’ अवधि अनुवाद, ‘सोमली र सोहागिन मैथली कथासङ्ग्रह’ नेपाली अनुवाद गरिएको हो ।

यस्तै ‘सिद्धिचरणका कविताहरु’ हिन्दी अनुवाद, ‘समकालीन कविता सङ्ग्रह भाग–१’ हिन्दी अनुवाद, ‘नेपाली उत्कृष्ट कथाहरु’ भोजपुरीमा अनुवाद गरिएको छ ।
विभिन्न ११ विभाग रहेको प्रज्ञा प्रतिष्ठानमा अनुवाद विभागले मात्र उक्त कृतिको अनुवाद गरेको तत्कालीन अनुवाद विभागका प्रमुख प्राडा उषा ठाकुरले जानकारी दिए । ठाकुरको चार वर्षे कार्यकाल दुईदिन पहिला सकिएको थियो । चार वर्षको अवधिमा २० अनुवाद गोष्ठीसमेत सम्पन्न भएका छन् ।

नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा विभिन्न भाषाका १०६ कृतिसमेत प्रकाशन गरेको छ । यस्तै ४२ कृति छपाइका लागि छापाखानामा पठाएको छ ।