राजनीति

योगेश भट्टराईको जन्मदिनबाट केही सिक्ने की ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली युवा नेता एवम् प्रतिनिधीसभा सदस्य योगेश भट्टराईले आज गरिब विपन्न बालबालिकालाई सहयोग गरेर आफ्नो जन्मदिन मनाएका छन् । हरेक बर्ष फरक केही न केही सामाजिक काम गरेर जन्मदिन मनाउदैँ आएका भट्टराईले यो बर्ष दुई दलित बालबालिकालाई शैक्षिक सामग्री र ड्रेस वितरण गरेका हुन् ।

बिद्यालय भर्ना अभियानमा आफूले विधालय भर्ना गराएका ताप्लेजुङ जिल्लाको पाथीभरा याङवोरक गाउँपालिका वडा नं ६ थुम्बेदिनको शारदा मा।बी कक्षा १ मा अध्ययनरत कमल बि.क र सोही गाउँपालिका वडा नं ५ को चाक्सिबोटे माबि कक्षा १मा अध्ययनरत मा गंगा बि.कलाई नगद सहयोग उपलब्ध गराएको उनले फेसबुकमार्फत जानकारी दिएका छन् ।

सहयोग रकम नेकपा ताप्लेजुङ सम्पर्क मञ्चका अध्यक्षद्धय सन्तोष मादेन र मिङमा डण्डु लामा मार्फत उनीहरुका अविभाबकलाई हस्तान्तरण गरिएको उनले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।

उनले शैक्षिक सामग्री र स्कुल ड्रेसका लागि भन्दैँ जनही दश दश हजार वितरण गरेका छन् । दैनिक खर्चिलो र भड्किलो जन्मदिन मनाउने प्रचलन बढिरहेका बेला भट्टराईले भने फरक तरिकाले जन्मदिन मनाएपछि उनले चौँतर्फी वाहीवाही पाईरहेका छन् ।