समाचार

कांग्रेस उच्च नेताहरुसँग निकट डन बाघेलाई अन्ततः प्रहरीले समात्यो

काठमाडौं । गुण्डागर्दी गर्ने शुक वहादुर लामा (बाघे) पक्राउ परेका छन् । उनलाई काठमाडौँको सानो भर्याङ्ग स्थित टेण्डी शेर्पाले संचालन गरेको अटो ईन्टरप्राईजेज लगायत अटो ईन्टरप्राईजेजहरुलाई धाकधम्की देखाउने अभियोगमा नियन्त्रणमा लिईएको हो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भु र प्रहरी परिसर काठमाडौको संयुक्त टोलीले बागेलाई नियन्त्रणमा लिई सार्वजानिक हित विरुद्दको कशुर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौवाट दिन ७ को म्याद थप गरिएको छ ।

बागे हालसम्म पटक पटक गरि विभिन्न मुद्दामा ८ पटक पक्राउ परिसकेका छन् ।

बागे नामले चिनिने शुकबहादुर नेपाली कांग्रेसका उच्च तहका नेताहरुसँग सम्पर्कमा रहेर गुण्डागर्दी अभियान चलाईरहेको केही बर्ष अगाडीको प्रहरी रिपोर्टले देखाएको थियो ।

पछिल्लो समयमा भने उनले सबैँ प्रकारका शक्तिकेन्द्रहरुलाई रिझाउदैँ आफ्नो चन्दा असुली, अपहरण, धम्की दिने कार्यहरुलाई तिब्रता दिएपछि महानगरिय प्रहरीले उनीमाथि निगरानी बढाएको थियो ।