विचित्र संसार

कुकुरको टाउकाको मूल्य ८० लाख तोकियो

काठमाण्डौँ । दक्षिण अमेरिकी देश कोलम्बिया लागु औषध तस्करीका लागि विश्वभर कुख्यात देश हो । त्यहाँ कैयन् लागुऔषध कारोवारीहरु वर्षौँदेखि आफ्नो कारोबार जमाएर बसिरहेका छन् । तर पछिल्लो दिनमा एउटा कुकुरले कोलम्बियाका धेरै तस्करहरुलाई बाँच्नै मुस्किल बनाइदिएको छ ।

सोम्ब्रा नामक उक्त कुकुरले २ वर्षमा झण्डै १ अर्ब रुपैयाँ बराबरको मूल्यको लागुऔषध बरामद गर्न सहयोग गरेको छ, पुलिसलाई । कुकुरका कारण निदहराम भएका लागुऔषध अपराधीहरुले कुकुरको टाउकाको मूल्य तोकेका छन् । उक्त कुकुरलाई जिउँदै वा मारेर ल्याउने मानिसलाई ८० लाख रुपैयाँ बराबरको पुरस्कार दिने घोषणा तस्करहरुले गरेका छन् ।

कोलम्बियाको पुलिसले नै यो कुकुरका विषयमा ट्विट गरेर यसको योगदानका विषयमा सुरुमा जानकारी प्रदान गरेको थियो । शेफर्ड जातको सोम्ब्रा कुकुरले पछिल्लो दुई वर्षदेखि कोलम्बियाको पुलिस विभागमा काम गर्दै आएको छ । यो कुकुरको सहयोगले पुलिसले २ सय ४५ जना लागुऔषध अपराधी पक्रिन सफल भएको छ । यसले देशका दुईवटा ठूला एयरपोर्टमा पालैपालो ड्युटी गर्ने ग्रेको छ ।

समाचार अनुसार सोम्ब्राले सन् २०१६ को मार्चदेखि लागूऔषध कारोबारी विरुद्ध युद्ध सुरु गरेको हो । यो कुकुरमा लागुऔषध सुँघेर पत्ता लगाउने अद्भुत क्षमता छ । पहिलोपटक सन् २०१६ को मार्च महिलामा यसले बाकसमा लुकाएर तस्करी गर्दै गरिएको २९५८ किलो कोकिन पक्रिएको थियो । उक्त बाकस बेल्जियम तस्करी गरिँदै थियो । त्यसपछि सन् २०१७ को मे महिनामा पनि बेल्जियम पठाउन लागिएको १.१ टन कोकिन यसले पक्राउ गरेको थियो । त्यसपछि ५.३ टन कोकिन पनि उसले पक्रिएको थियो ।

यो कुकुर बुलेटप्रुफ गाडीमा हिड्दछ । यो कुकुरको सुरक्षार्थ दुईजना बन्दुकधारी प्रहरीहरु खटिने गरेका छन् । एयरपोर्टमा पिक आवरमा ६ घण्टाका लागि यसलाई ड्युटीमा खटाइन्छ । यो कुकुरको उमेर ६ वर्षको रहेको छ । -एजेन्सी