साहित्य

तीजको नीलाहार ब्रत

-कृष्ण प्रसाद घिमिरे

तिमीले पानी नपिएर
मेरो आयु बढ्ने हैन ।

तिमीले पानी पिउदा
मेरो प्राण जाने हैन ।

तिमीले पानी नपिएर
यमराजले मलाइ नदेख्ने हैन ।

तिमीले पानी पिउदा
यमराजले मलाइ टिप्ने हैन ।

म जन्मदै
मेरो आयु तोकिएको छ ।

तिम्रो निराहार ब्रतले
म दिर्घजिवी कदापी हुन्न ।

यमराजले आफ्नो नित्य कर्म भुलेको
आज सम्म कसैले सुनेको छैन ।

यमराज बैरो र अन्धो छ
तिमिले यति बुझे पुग्छ ।

प्रीय
आफ्नो सरिरले के माग्छ त्यही खाउ
काल देखि नडराउ ।।