समाचार

ड्रग्ससहित पक्राउ गौतम पक्राउ

कपिलवस्तु । प्रतिबन्धित लागुऔषधसहित भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा कपिलवस्तुको बहादुरगञ्जबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । शरीरका विभिन्न भागमा लुकाएर ल्याएको अवस्थामा स्पास्मो क्याप्सुल, नाइट्रोभेट ट्याब्लेटजस्ता लागुऔषध लिएर आउँदै गरेका बुद्धभूमि नगरपालिका–१ निवासी सङ्गीत गौतमलाई इलाका प्रहरी कार्यालय बहादुरगञ्जले पक्राउ गरेको हो ।

उनको साथबाट स्पास्मो १६ र नाइट्रोभेट ४२ थानसहित पक्राउ गरिएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । पक्राउ परेका गौतमलाई कपिलवस्तु जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।