साहित्य

दोस्रो राष्ट्रिय कविता महोत्सव मङ्सिरमा

विदुर (नुवाकोट) । नुवाकोटमा आगामी मङ्सिर १५ गते राष्ट्रिय कविता महोत्सव हुने भएको छ ।  नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले प्रतियोगितामा पहिलो हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु ३० हजार र तृतीय हुने दुई जनालाई जनही रु २० हजार दिइने जानकारी दिए । प्रतियोगितामा सहभागी हुन इच्छुक सर्जकले आगामी कात्तिक १५ गतेभित्र कविता पठाइसक्नुपर्ने आयोजकले जनाएको छ । प्रतिष्ठानले २०७३ वैशाख ३ गते पहिलो राष्ट्रिय कविता महोत्सव आयोजना गरेको थियो ।