समाचार

खिलराज रेग्मी कोरिया प्रस्थान

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी आज दक्षिण कोरियाको राजधानी सियोल प्रस्थान गरेका छन् । कोरियाली हेभेन्ली कल्चरल वल्ड पिस, रेस्टोरेशन अफ लाइटले आयोजना गरेको चौंथो वार्षिक सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जानु भएको प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।

यही असोज १ देखि ३ गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा पूर्वअध्यक्ष रेग्मीले सम्बोधन गर्नुका साथै नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।