पु.समाचार

पन्त बलात्कार हत्या प्रकरणः गृहमन्त्रीले गरे उपल्लो स्तरका प्रहरीका हाकिमहरु निलम्बन

काठमाण्डौ । आज बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्या गर्न बनाएको गृहमन्त्रालयका सहसचिब हरि प्रसाद मैनालीको नेतृत्वको उच्चस्तरीय छानबिन समितिले प्रारम्भीक प्रतिबेदन बुझाएको केहीबेरमा नै सीआईबीका डीएसपी अंगुर जिसीसहित ४  जना प्रहरीलाई निलम्बन गरेको छ । केही अघिमात्र निलम्बनमा परेका एसपी डिल्लीराज बष्टिसहित जम्मा ५ प्रहरी निलम्बनमा परेका हुन् ।

निलम्बनमा पर्नेहरुमा प्रहरी उपरिक्षक ज्ञानबहादुर सेटी, अंगुर जिसी, जगदिश भट्ट, प्रहरी निपरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामी रहेको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । गृहमन्त्रालयका अनुसार यस घटनामा संलग्न जोकोही भएपनि अनुसंधानको दायरामा ल्याएर दोषी देखीए कडा भन्दा कडा कारबाही गर्न तयार छ भनिएको छ ।

उच्च स्तरीय समितिले हत्या भएकी पन्तको अनुसंधानमा खटिएका अनुसंधान गर्नुपर्ने प्रतिबेदन बुझाएपछि उक्त प्रतिबेदन अनुसार गृहमन्त्री रामबहादुर थापाले प्रहरीलाई निलम्बन गर्न निर्देशन दिएका हुन् ।

१३ बर्षीया बालीका पन्त बलात्कार र हत्याको बिषय मोडिन सक्ने भन्दै एकजना उपसचिबले छानबिन समितिबाटै राजीनामा दिएपनि पछि गृहमन्त्रीसंगको छलफलपश्चात फिर्ता लिएका थिए ।