राजनीति

नेविसंघद्धारा क्याम्पस प्रशासनलाई ४८ घण्टे अल्टिमेटम, माग पूरा नभए जस्तोसुकै कदम पनि चाल्ने चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघ शंकर देव क्याम्पस ईकाई कमिटिले मनोमानी ढङ्गले वृद्धि गरिएको शुल्कको कुनै बैज्ञानिक आधार नभएको भन्दैँ सो शुल्क फिर्ता गर्न क्याम्पसलाई ४८ घण्टे अल्टिमेटम दिएको छ । क्याम्पस प्रशासनलाई आईतबार ज्ञापन पत्र बुझाउदैँ अल्टिमेटम दिएको हो ।

क्याम्पसले विद्यार्थीहरुमाथि आर्थिक भार थपी आजसम्मको क्याम्पसको गौरवलाई झड्का लगाएको नेविसंघको आरोप लगाएको छ । यस्तै नेविसंघले हजारौँ क्याम्पसहरुमध्ये शंकरदेव क्याम्पस भनि आउने पूर्व मेची देखि पश्चिम महाकालीसम्मका विद्यार्थीलाई नपढ भन्ने ठाडो आदेश दिएको जनाएको छ ।

प्रशासनले विद्यार्थीको हित विपरित शुल्क बृद्धि गरेकोमा नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आफूहरुको मागलाई प्रशासनले नजर अन्दाज गरे नेविसंघ शंकरदेव क्याम्पस जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।