पर्यटन/संस्कृति

जानकी मन्दिर सौन्दर्य अभिवृद्धि योजना

जनकपुरधाम । प्रदेश नं २ को सरकारले जानकी मन्दिर सौन्दर्य अभिवृद्धि गर्ने योजना अघि बढाएको छ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सो मन्दिरको सौन्दर्य अभिवृद्धि योजना अघि सारिएको हो । पहिलो चरणमा रू सात करोड खर्च लाग्ने योजना बनाइएको छ ।

मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रकाअनुसार केही दिनभित्रै ठेक्का प्रक्रियामा लाने तयारी भइरहेको छ । उनले भने, “लागत खर्च तयार र ढाँचा तयार भइसकेको छ, जानकी मन्दिरसँग सम्झौता लगत्तै बोेलपत्र आह्वान प्रक्रियामा जान्छ ।