अन्तर्राष्ट्रिय

राष्ट्रपति नयाँ दिल्ली भ्रमणमा !

नयाँदिल्ली । अफगानिस्तानका राष्ट्रपति अस्रफ घानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय विषयमा छलफल गर्न बुधबार नयाँदिल्ली पुुगेका छन् । एक दिवसीय उक्त भ्रमणका अवसरमा उनीहरुबीच क्षेत्रीय सुरक्षा, व्यापार र अफगानिस्तानमा भारतीय सहयोगमा सञ्चालित विकास कार्यक्रमका बारेमा छलफल हुने बताइएको छ ।

साथै दुवै नेताबीच भारतीय सहयोगमा अफगानिस्तानमा सञ्चालित पूर्वाधार परियोजनाको प्रगतिका बारेमा समीक्षा पनि हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति घानीलाई इन्डिया फाउन्डेसनले दिल्लीमा नागरिक सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । –एजेन्सी