समाचार

महानगरमै घुसघोरीः शाखा अधिकृतसहित तीन कर्मचारी अख्तियारको फन्दामा

काठमाडौं । एक लाख घुससहित विरगञ्ज महानगरका शिक्षा शाखा अधिकृत सहित केही कर्मचारी पक्राउ परेका छन् । उनीहरुलाई घुस लिईरहेको अवस्थामा बिहिबार अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले शिक्षा शाखा अधिकृत (विद्यालय निरीक्षक) मञ्जुर आलम, प्राविधिक सहायक नायब सुब्बा शशीभुषण प्रसाद साह र अरुण साहलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई एक होटलबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियार अनुसन्धान निकट स्रोतका अनुसार फारुक इन्टरनेशनल एकेडेमीको कक्षा १ देखि ५ सम्म अनुमति दिन घुस लिने प्रयास गरिएको थियो ।