पु.समाचार

दीपकराज जोशीलाई महाअभियोग लगाउने अन्तिम तयारी, जोशी भन्छन: डटेर सामना गर्छु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानन्यायधीशमा अस्वीकृत गरिएका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग दर्ता गर्ने अन्तिम तयारीमा पुगेको छ । वरिष्ठतम न्यायधीश जोशीविरुद्ध महाअभियोग दर्ता गर्न नेकपाका सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

स्रोतका अनुसार नेकपा प्रमुख सचेतक देव गुरुङले नेकपाका तर्फबाटका प्रतिनिधीसभा सदस्यहरुहरुलाई बोलाएर हस्ताक्षर गराएका छन् । केही दिन अगाडी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको उक्साहटमा न्यायाधीश जोशीले दैनिक मुद्धा हेर्ने र सरकारको विरुद्धमा फैसला गर्दै आएको भन्दैँ नेकपा नेताहरुले महाअभियोगको संकेत गरेका थिए ।

यता जोशीले पनि महाअभियोग लगाईए डटेर सामना गर्ने प्रतिक्रिया दिएका छन् ।