राजनीति

ओलीको चमत्कार जताततै बलात्कार भन्दैँ सरकारविरुद्ध उत्रियो महिला संघ

काठमाडौं । नेपाल महिला संघले सरकार विरुद्ध आईतबार राजधानी लगायत देशका ७७ वटै जिल्लामा व्यापक प्रर्दशन गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था महिला संघले पछिल्लो बलात्कार लगायत महिला हिंसाका घटनाले विक्राल रुप लिएको भन्दैँ देशव्यापी प्रदर्शनमा उत्रेको हो ।

निर्मला हत्याकाण्डको ७० दिन बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसकेको भन्दैँ महिला संघले राजधानीको विभिन्न ठाउमा विरोध र्‍याली निकालेको छ । विरोधी र्‍यालीमा नाराबाजी गर्दै महिला संघले सरकारको कडा आलोचना गरेको छ ।

महिला संघको विरोध र्‍यालीमा सहभागीता महिलाहरुले ओली सरकार, जताततै बलात्कार, केपी ओली सरकारको चमत्कारः महंगी र बलात्कार लगायत प्लेकार्ड बोकेका थिए ।

यसैबीच, महिला संघले नागरिकलाई पूर्ण सरक्षाको माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र:-