गण्डकी प्रदेश

पार्टीमा युवाको भूमिका प्रभावकारी हुनुपर्छ : भण्डारी

पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीमा युवाको भूमिका प्रभावकारी हुनुपर्ने बताए। पोखरामा आज पत्रकारसँगको भेटमा उनले पार्टी नेतृत्वमा युवाको प्रतिनिधित्व भए पनि अपेक्षित रूपमा भूमिका प्रभावकारी हुननसकेको बताउँदै आन्तरिक गुटउपगुटभन्दा पनि पार्टी तथा जनताको हितलाई आत्मसात गनुपर्ने धारणा राखे।

राज्यमा दिनानुदिन हत्या हिंसा, बलात्कारजन्य घटना बढिरहेको बताउँदै उनले यसको नियन्त्रण अपरिहार्य भएको उल्लेख गरे । अनुसन्धानका नाममा निर्दोष व्यक्ति पक्राउ पर्नु गम्भीर चिन्ताको विषय भएको उनले उल्लेख गरे ।
सङ्घीयता कार्ययोजनाबिहीन तवरले अघि बढ्दा यसको कार्यान्वयनमा जटिलता थपिदै गएको नेता भण्डारीको भनाइ छ ।