अन्तर्राष्ट्रिय

विकासोन्मुख राष्ट्रले विश्व व्यापार प्रणालीबाट लाभ लिने

बोआओ, चीन । विश्व स्वास्थ्य संगठन (डब्लुटिओ) का कार्यक्रममा हुने सुधारबाट निम्न आय भएका विकासोन्मुख राष्ट्रले विश्व व्यापार प्रणालीबाट लाभ लिने एसियाका लागि बोआओ फोरमका उपप्रमुख झोउ सिओचुआनले बताएका छन् ।

चीनको केन्द्रीय बैंकका पूर्व प्रमुख झोउले बार्षिक बोआओ सम्मेलनका क्रममा समूहगत छलफलमा बोल्दैभने, “डब्लुटिओमा सुधारको आवश्यकता महशुस भएको यस प्रक्रियामा इमान्दारिताको जरूरी हुनेछ ।” “यदि धेरै मुलुकले अझै बहुपक्षीयताको पक्षमा रहेमा यो सहमतिमा पुग्नका लागि एउटा पूर्व शर्त हुनेछ,” झोउले भने । “यदि एक वा दुई ठूला अर्थतन्त्रले एकपक्षीयता वा धेरै दुईपक्षीय स्वतन्त्र व्यापार सहमतिको बाटो अँगाल्ने र यसैलाई विश्वव्यापारको प्रमुख आधार मान्ने हो भने डब्लुटिओको सुधारले थप चुनौति तथा जटिलताको सामना गर्नेछन् ।”

झोउले भने चीन एक विकासोन्मुख मुलुकका रूपमा उसले आफ्नो मात्र हितका लागि सुधारको वकालत गरेको छैन यो त समग्र विकासोन्मुख विश्वको हितका लागि बोलिरहेको छ र चीनले यस प्रकारको छलफललाई विश्व फोरममा निरन्तरता दिने छ । बिएफए बार्षिक सम्मेलन चीन दक्षिणी टापू हैनानको तटीय शहर बोआओमा यही मार्च २६ मा शुरू भई मार्च २९ सम्म चल्नेछ । विभिन्न ६० मुलुकबाट करिब दुई हजार प्रतिनिधिहरू सम्मेलनमा सहभागी भइरहेका छन् ।