गण्डकी प्रदेश

प्रजातान्त्रिक विचार समाजमा नयाँ कार्यसमिति चयन

बलेवा । प्रजातान्त्रिक विचार समाज बागलुङको तेस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । प्रजातन्त्रवादी प्राध्यापक सङ्घ धवलागिरि बहुमुखी क्यामम्पसका सभापति गोविन्दप्रसाद कंडेलको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा धनराज सापकोटा, सचिवमा दीपक कँडेल र सहसचिवमा डिल्लीप्रसाद पौडेल चयन भएका छन् । बुधबार भएको अधिवेशनले समितिले जिल्लामा प्रजातान्त्रिक विचारको प्रसारप्रसार गर्ने, प्रजातान्त्रिक मूल्य र मान्यता तथा लोकतन्त्रको रक्षाका लागि काम गर्नेसमेत निर्णय भएको सदस्य दुर्गादत्त आचार्यले बताए।