तस्विरहरु

नेकपाका सयौँ नेता/कार्यकर्ता काँग्रेसमा, नेता गिरि र घिमिरेले स्वागत गर्दै लगाए टीका (फोटोफिचर)

नवलपुर। नेपाल कम्युनिस्ट पार्टीका सयौँ नेता/ कार्यकर्ताहरू कम्युनिस्ट छोडेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको आज तेस्रो दिन नवलपुर जिल्लाको चोरमारामा सो जिल्लाका केन्द्रीय प्रतिनिधि, काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरी, केन्द्रीय सदस्य गुरूराज घिमिरे र पार्टी सभापति बिष्णु लामिछानेको साथमा टीका लगाई काँग्रेसमा प्रवेश गराएका हुन् । कम्युनिस्ट सरकारले चरम भ्रष्टाचार, अनियमितता, गैह्रकानूनी क्रियाकलापहरू गरीरहेएको हुनाले नेपाली काँग्रेसमा प्रवेश गरेको धारणा नव प्रबेशीहरुले बताएका छन् ।

पछिल्लो समय नेकपाका साँसदसहित सयौंलाई महमन्त्री डा शसाँक कोईरालाले प्रवेश गराएका थिए भने युवा नता गगन थापाले बिहीबारमात्र चितवनमा प्रचण्डको गृहजिल्लाका सयौं कार्यकर्तालाई काँग्रेस प्रवेश गराएका थिए ।

आजपनि नेता वीरबहादुर वलयायरले डडेलधुरामा नेकपाका सयौं नेता कार्यकर्ता काँग्रेस प्रबेश गराएको समाचार छ । आफ्नै सरकार हुंदा समेत जनताका कामको अनुभूति गर्न नसकेको, भ्रष्टाचार बढेको लगायतका आरोप लगाउदै बरु काँग्रेसलै नै देशको मुहार फेर्न सक्छ भन्ने प्रतिकृया नवप्रबेशीहरुले दिएका छन् ।

पार्टी प्रवेश गराउदाका तस्विरहरु:-

 

यो पनि

नेकपाका पुर्ब सांसदसहित दर्जनौं काँग्रेस प्रवेश, टीका लगाएर महामन्त्री डा कोइरालाद्वारा स्वागत

 

प्रचण्डको गृहजिल्लामा सयौं नेकपाका कार्यकर्तालाई गगनले भित्र्याए काँग्रेसमा