समाचार

सरकारका बरिष्ठमन्त्रीसहित प्रधानमन्त्रीद्वारा वृक्षरोपण शुभारम्भ

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलङ्की सडक खण्डमा आज वृक्षरोपण शुभारम्भ गरेका छन् । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रापेर वृक्षरोपणको शुभारम्भ गरेका थिए। वृक्षरोपण गर्दै उनले यसबाट काठमाडौँ उपत्यकलाई हराभरा पार्न मद्दत पुग्ने बताए ।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा विभागीय मन्त्री शक्तिबहादुर वस्नेत, गहृ मन्त्री रामबहादुर थापा, अर्थ मन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याललगायतले वृक्षरोपण गरेका थिए ।

चालु आर्थिक वर्ष २०७५/७६ मा कोटेश्वरदेखि कलङ्कीसम्मको सडक खण्डमा ठाउँ ठाउँमा १० प्रकारका दुई हजार सात सय बिरुवा रोपण गरिने आयोजक वन तथा वातावरण मन्त्रालयले जनाएको छ । देशभर चालु आवमा असारे फूल, तेजपात, राजवृक्ष, पैँयु, कपुरलगायतका पाँच करोड बिरुवा रोपिने बताइएको छ ।