आर्थिक

सानिमा बैंक र यु.के.एडको सक्षम बीच सम्झौता

काठमाण्डौ । सानिमा बैंक र यु.के.एड—सक्षमबीच कृषि कर्जा प्रबद्र्धन गर्नको लागि सोमबार सानिमा बैंक लिमिटेडको प्रधान कार्यालय नक्साल काठमाण्डौ स्थित एक कार्यक्रम आयोजना गरि सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो परियोजनाको मुख्य उद्देश्य कृषि क्षेत्रमा कर्जा विस्तार गर्नको लागि आवश्यकीय संरचना स्थापना गर्ने,आवश्यक अध्ययन गर्ने र यस संग सम्बन्धित नीति तथा कार्य योजना बनाइ लागु गर्ने हुनेछ । यसका लागि सानिमा बैंकका शाखाहरुबाट कृषि क्षेत्रमा धेरै भन्दा धेरै कर्जा प्रदान गर्न आवश्यक पर्नेसाधन सक्षमसंगको सहकार्यमा परिचालन गरिनेछ । यो परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्र्तगत संचालन गर्न लागिएको हो जुन नेपाल सरकार र यु.के. सरकारको सम्झौता अनुरुप यु.के. एडको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो ।

सानिमा बंैककासातवटै प्रदेशमा गरी हाल ७९वटा शाखा,१ एक्सटेन्सन काउन्टरर७५ वटा ए.टि.एम. रहेका छन् ।