काठमाडौं । आज (शनिबार) देशभर मौसम बदली भएको र पहाडी तथा हिमाली भेगमा वर्षारहिमपातको सम्भावना रहेको छ । आजको मौसम खराब हुने भएकाले क्षेत्रमा बसोबास गर्नेहरु र यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाले शनिबार आज बिहान २४ घण्टे चेतावनी तथा परामर्श जारी गर्दैै भनेको छ पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षारहिमपातको सम्भावना रहेको हुनाले ती पहाडी तथा हिमाली भूभागमा यात्रा गर्ने तथा बसोबास गर्नेहरूले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ।
मौसमविद् मञ्जु बासीका अनुसार पाकिस्तान तथा आसपासका क्षेत्रमा बनेको पश्चिमी न्यून चापीय प्रणाली र भारतको राजस्थानमा विकसित न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली गराएको हो ।
अहिले देशका मध्य र पश्चिमी क्षेत्रमा मौसम आंशिकदेखि सामान्यसम्म र बाँकी स्थानमा आंशिक बदली भएको उनले बताइन् ।
आज मध्य र पश्चिम पहाडका केही ठाउँमा वर्षा तथा उच्च हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ,’ उनले भनिन्, ‘यो सम्भावना अहिलेदेखि नै छ, किनकि ती क्षेत्रमा सामान्यदेखि पूर्णसम्म मौसम बदली छ ।’
काठमाडौं उपत्यकामा अहिले खुलेजस्तो भए पनि आज दिनभरजसो मौसम बदली रहने अनुमान गरिएको मौसमविद् बासीले बताइन्।





