पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा आज भएको वडाध्यक्षको उपनिर्वाचनमा ८२ दशमलव ६१ प्रतिशत मत खसेको छ ।
कूल दुई हजार ६०२ मतदाता रहेको सो क्षेत्रमा दुई हजार १२८ जनाले मतदान गरेको पर्सा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।
सो स्थानमा एक हजार २११ पुरुष तथा ९१७ महिलाले मतदान गरेका थिए । आज बेलुका ९ बजेबाट नै मतगणना शुरु गरिने प्रजिअ भट्टराईले जानकारी दिए ।