पु.समाचार

उपसभामुख तुम्बाहाङफेको अध्यक्षतामा संसदको हिउँदे अधिवेशन आजदेखी सुरु हुँदै

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेको अध्यक्षतामा आजदेखी संसद्को उपल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु हुँदै छ । संसद अधिवेशनको अध्यक्षता सभामुखले गर्ने भएपनि सभामुखको अभावमा उपसभामुखले अध्यक्षता गर्दै अपराह्न ४ बजेबाट दुवै सदनको बैठक नयाँ बनोश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको दुईवटा सभाहलमा बस्दैछ ।

यतिवेला मुलुक सभामुख विहीन रहेको अवस्थामा उपसभामुखवाटै काम चलाउ गर्ने तरखरमा नेकपाको सरकार छ ।यौन दुव्र्यवहार आरोपमा सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि उपसभामुखको काम उपसभामुख तुम्बाहाङफेले गर्दै आएपनि प्रतिनिधिसभाबाट पारित ५ विधेयक प्रमाणीकरण भने गरेकी छैनन् । विधेयक प्रमाणीकरण नहुँदा कानुन बन्न सकेका छैनन् ।

सभामुख र उपसभामुख एउटै पार्टीभित्रबाट नहुने भएपछि नेकपाभित्र कसलाई सभामुख बनाउने भन्ने विषय अँफै अन्यौल को विषय बनेको छ । सभामुख बन्नेमा पुर्व सभामुख सुवाचन्द्र नेम्वाङको चर्चा पनि चल्ने गरेको छ । नेकपाले उपसधामुख तुम्बाहाङफेलाई राजिनामा दिन आग्रह गरेपछि उपसभामुखले अधिवेशनको बैठकको अध्यक्षतापछि मात्र राजिनामा दिने बताएसंगै नेकपा सहमत भएको हो । 

यसकारण पनि उपसभामुख शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने भएकी हुन् । तर, प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासले उपसभामुखलाई अध्यक्षता गर्न दिँदैन । संविधानको धारा ९१ को उपधारा ९४० मा प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले अध्यक्षता गर्ने व्यवस्था छ ।

प्रतिनिधिसभा नियमावलीमा भने बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान छ । संसदीय अभ्यास पनि बैठकको प्रारम्भ र स्थगन सभामुखले नै गर्दै आएको अवस्था छ । यस्तोमा उपसभामुखले अध्यक्षता गर्ने कि नगर्ने भन्ने अन्योल थियो । तर आजदेखी सुरु हुन लागेको संसद् अधिवेशनको अध्यक्षता उपसभामुखले नै गर्ने टुंगो लागेको उनको सचिवालयले जनाएको छ । 

यता प्रतिपक्ष दल नेपाली कांग्रेसले भने यस्को विरोध गरिरहेको छ । सभामुख पद लिन सत्तासीन नेकपाले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गर्न भनिसकेको छ । पहिलो बैठकको अध्यक्षता गरेर राजीनामा दिने तयारीमा तुम्बाहाङफे रहेको उनको सचिवालयले जनाएको छ । सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्था रहेकाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाउँदै आएको  छ ।