पु.समाचार

कांग्रेस नेता भण्डारी भन्छन्ः सरकारले संविधानको पालना गर्नैपर्छ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले सरकारले संविधानको पालना गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फ नेता भण्डारीले यस्तो उल्लेख गरेका छन् ।

सथै उनले पार्टीका प्रमुखहरुले पार्टीको हितका लागि विधानको रक्षा र पालना गर्नुपर्ने उल्लेख गरेका छन् । भण्डारीले जनप्रतिनिधिहरु कुनै निएम कानूनमा बाधिनु पर्ने बताएका छन् ।

साथै उनले ट्वीटरमा खाली खुट्टा पशुपती नगर छिमेकिलाई अझै पुगेको छैन भन्दै व्यंग्य गरेका छन् ।

उनको ट्वीटरः सरकारले संविधानको पालना र देशको रक्षा गर्नु पर्दछ । पार्टीका प्रमुखहरुले पार्टीको हितको लागि विधानको रक्षा र पालना गर्नु पर्दछ । जनप्रतिनिधिहरु कुनै नियम कानूनमा बाधिनु पर्दछ । ख़ाली खुट्टा पशुपती नगर छिरेकाहरुलाई अझ पुगेको छैन ।