पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानीको सीमा विवाद वार्ताबाट समाधान हुुने बताएका छन् ।
पाल्पाको तानसेनमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तासँगको भेटघाटमा नले दुई देशबीचको सीमा विवाद वार्ताबाट हल गर्न सरकार सक्षम रहेको बताएका हुन् ।
मन्त्री ज्ञवालीले पार्टी एकता प्रक्रियाको आधारभूत काम सकिएको बताएका छन् । उनले पार्टी एकता प्रक्रियाका बाँकी काम पुस मसान्तसम्म सकिने जानकारी दिएका हुन् ।
पार्टी एकताका सबै काम टुङ्गो लागेपछि पार्टी र सरकारका काम तीव्रगतिमा अघि बढ्ने उनको भनाइ थियो ।





