सुदूरपश्चिम

जथाभावी वन फडानी कार्य तत्काल नरोकिए कडा कारबाहि गर्छौः बिप्लव नेकपा

काठमाडौं । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले वन व्यवस्थापनका नाममा गरिरहको जथाभावि वन फडानिप्रति गम्भिर ध्यानाकर्शण भएको बताएको छ ।

सेति–महाकालि व्युरो ईन्चार्ज निमार्णले आज विज्ञप्ति जारी गर्दै सरकारको यो कदम नीतिगत र व्यावहारी दुबैले बैज्ञानीक नभएको बताएका छन् । साथै यो कार्यलाई रोक्न जिल्ला पार्टीलाई निर्देशन दिइसकेको र जनतालाई पनि यसको खारेजीमा अघि बढ्न अपिल गरेका छन् ।

पार्टीसंग सहमती भएको भ्रामक हल्ला फैलाउँदै कैलालि लगाएतको केहि जिल्लामा केहि दलाल राजनीतिकर्मी, कमिसनखोर र्कचारी, र माफिया काठ व्यवसायीले जनताको सम्पत्तिको दुरुपयोग गरी कमाईखाने भाँडो बनाएको भन्दै नेकपाले आपत्ति जनाएको छ ।

साथै आफ्नो पार्टी जथाभावि वन फडानीका कारण भविस्यमा पर्ने असरलाई रोक्न लागिपर्ने भन्दै वन तस्करी नरोकिए दलाल र काठ तस्करीलाई कारबाहि गर्ने चेतावनी दिएका छन्।

साथै नेकपाले आफ्नो पार्टीको स्वीकृति बेगर गरिएको वन फडानी रोक्न सरोकारवाला निकाय, आम उपभोक्ता समिति, र स्थानीय पार्टीहरुलाई आग्रह गरेको छ ।