काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग नेपालका लागि मित्रराष्ट्र भारतका नवनियुक्त महामहिम राजदुत विनय मोहन क्वात्राले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।
उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी थापा र महामहिम विनय मोहन क्वात्राबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।





