सामाजिक सञ्जाल

धनराजको प्रश्नः बिदेशीले सहयोग गरिसक्दा पनि कोरोना संक्रमण रोक्न उद्योगपतिहरु के गर्दैछन् हँ ?

काठमाडौं। काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुगंले चीनीयाँ ब्यापारी ज्याक माले नेपाललाई कोरोना भाईरस संक्रमण रोक्न माक्स, स्यानिटाईजर लगायतका सामाग्री सहयोग गर्ने भनेपनि नेपालका उद्योगपति ब्यापारीले केही कुरा पनि नगरेकोमा दुःख ब्यक्र गरेका छन् । उनले उद्योगपति बिनोद चैधरी, एनआरएनका पुर्ब अध्यक्ष शेष घले लगायतले भूकम्पका बेला सहयायग गर्छु भनेपनि कतिपयको सहयोग भूकम्प गएको पाँच बर्ष हुन लाग्दा पनि घर नबनिसकेको उदाहरण दिँदै असहमती प्रकट गरेका छन् ।

उनले अहिलेसम्म ब्यापारी कतैबाटपनि कोरोना रोकथामका लागि कुनै सहयोग हुने भनि नसुन्नु नेपालका ठुला उद्योग व्यवसायीहरुले के गर्दै छन् हँं भनि प्रश्न गरेका छन् ।

उनको स्टाटस्ः  चिनियाँ व्यवसायी Jack Ma ले नेपाललाई सहयोग गर्ने घोषणा गरे। तर नेपालका ठुला उद्योग व्यवसायीहरुले के गर्दै छन् हँ ? कसैले सहयोगको घोषणा गरेको थाहा पाइएन त ! हुन त कतिपय ठुला उद्योग व्यवसायीहरुले भुकम्प पछि घोषणा गरेका घरहरु बनाउन अहिलेसम्म बाँकी नै छन् क्यार!