काभ्रे । र्यापिड डाइग्नोस्टिक टेस्टबाट दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिएपछि काभ्रे जिल्ला प्रशासन कार्यालयले बाहिरी जिल्लाबाट आउनेलाई प्रवेश निषेध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले तराई जान काभ्रेको बाटो प्रयोग हुँदै जाने देखिएकाले अन्निश्चित कालका लागि उक्त बाटो बन्द गर्नुपरेको जनाएक छन् ।
बेखर्ची भएपछि रामेछाप, सिँधुपाल्चौम, दोलखा, सिन्धुली, वखल्ढुंगा लगायत मानिसहरु तराईका लिल्ला जान बीपी राजमार्गको बाटो प्रयोग गर्ने भएकाले उक्त कदम चाल्न बाध्य देखिएको हो । हालसम्म १६ जनामा कोरोना भाईरस देखिएको छ भने एकजना निको भईसकेका छन् ।
कोरोना भाईरस निसन्त्रणका लागि सरकारले तीन सातादेखी मुलुक लकडाउन गरेको अवस्था छ । उक्त लकडाउन काभ्रे प्रशासनले कडा बनाएको छ ।





