४ बैसाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कारोना संक्रमणको बारेमा कर्मचारीले भन्दापनि जिम्मेवार मन्त्रीले जनतालाई जानकारी दिनुपर्ने बताएका छन् । उनले ट्वीट गर्दै स्वास्थय मन्त्रालयले सहसचिव बिकास देबकोटाले दैनिक जानकारी दिनुभन्दा मन्त्रीले नै दैनिक जानकारी दिँदा अलि बिश्वशनीय हुने विचार व्यक्त गरेका छन् ।
अध्यक्ष थापाले अरु मुलुक अमेरिकामा राष्ट्रपति, बेलायतमा मन्त्रि र अरु देशमा बरिष्ठ राजनीतिक नेतृत्वले कोरोना संक्रमणको जानकारी दिएको उदाहरण दिँदै नेपालमा पनि बिशिष्ठ पद भएको व्यक्ती जानकारी दिँदा उपयुक्त हुने विचार ब्यक्त गरेका छन् । भारतमा प्रायः प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट वा सम्बोधनबाट कोरोना संक्रमणको अवस्थाका बारेमा जनतालाई जानकारी दिईरहन्छन् ।
अधयक्ष थापाको ट्वीटः
प्रजातन्त्रको आधार जवाफदेहिता र सुचनाको हक पनि हो।यस्तोबेला कर्मचारीबाट मात्र होईन,जिम्मेवार राजनीतिक व्यक्ति नै जनसमक्ष देखिनुरसुनिनुपर्छ।त्यसो गर्दा हल्ला र भ्रम हटने तथा सरकारले गरेका कामवारे जनताले सुसूचित हुन पनि पाउंने थिए
अमेरिकामा राष्ट्रपति, बेलायतमा मन्त्रि र अरु देशमा बरिष्ठ राजनीतिक नेतृत्वले गरे जस्तै हामीकहॉ पनि एक मन्त्रीले हरेक दिन कोभिड–१९ वारे पत्रकार सम्मेलन मार्फत जनतालाई जानकारी दिने व्यवस्था गर्नु उपयुक्त हुनेछ। यस्तो बेला जनता आफ्नो प्रतिनिधीबाट भरपर्दो जानकारी चाहन्छन। @kpsharmaoli






